४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बिबाह भएको ४ महिनाका नवदम्पत्ति मृत फेला



दाङ । दाङको तुलसीपुरमा डेरा गरि सल्यानका एक नवदम्पत्ति मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।

श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । डीएसपी पोखरेलका अनुसार उनीहरूको चार महिनाअघि मात्रै बिहे भएको थियो।

सुशीलको शव झुन्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ। पवित्राको टाउको, नाक, मुखमा चोटपटक देखिएको प्रहरीको भनाई छ ।

तुलसीपुरमै ज्याला मजदुरी गर्ने उनीहरु बसेको कोठाबाट शनिबार बिहान बाहिर ननिस्केपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा दुवै मृत अवस्थामा फेला परेका थिए।

दुवैको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ३० बजे

मौसम जानकारी : आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम तथा

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति