२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बिबाह भएको ४ महिनाका नवदम्पत्ति मृत फेला



दाङ । दाङको तुलसीपुरमा डेरा गरि सल्यानका एक नवदम्पत्ति मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।

श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । डीएसपी पोखरेलका अनुसार उनीहरूको चार महिनाअघि मात्रै बिहे भएको थियो।

सुशीलको शव झुन्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ। पवित्राको टाउको, नाक, मुखमा चोटपटक देखिएको प्रहरीको भनाई छ ।

तुलसीपुरमै ज्याला मजदुरी गर्ने उनीहरु बसेको कोठाबाट शनिबार बिहान बाहिर ननिस्केपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा दुवै मृत अवस्थामा फेला परेका थिए।

दुवैको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ३० बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३