२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पेडारी नालामा बेपत्ता बालक मृत फेला परे



खजुरा । बाँकेको खजुरा स्थित पेडारी नालामा हिजोबाट बेपत्ता रहेका ९ वर्षिय बालक आज मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता बालकलाई मृत फेला पारेको हो ।

हिजो अपरान्ह ३ जना साथीहरु सहित पौडी खेल्न गएका साबिर अलि भेलमा बगेर बेपत्ता भएका थिए । हुलाकी राजमार्गको पेडारी पुल देखि अन्दाजी २० मिटर दक्षिणमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएको र आज मृत फेला परेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । उनलाई करिब ३ किलोमिटर पानीले बगाएर लागेको अवस्थामा सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयको प्रयासमा फेला पारिएको हो । शवको पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

बेपत्ता भए लगत्तै सँगै गएका अन्य बालकहरुले साबिर बेपत्ता भएको हो हल्ला गरेपनि प्रहरीले समयमा उद्धार नगरिदिँदा बालकको मृत्यु भएको आफन्तले बताएका छन् । प्रहरीले भने तत्काल उद्धार टोली परिचालन गरिएको र थप खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको दाबी गरेको छ ।

तराईका नालाहरुमा भासिने बलौटे माटो हुने भएकाले भेलमा बालबालिकालाई पौडी खेल्न नपठाउन स्थानीयबासीलाई प्रहरीले आग्रह गरेको छ । हिजै मात्र बाँकेको कोहलपुर – १३ स्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर ७ वर्षिय एक बालकको पनि ज्यान गएको थियो ।
फोटो : नेपालगन्ज ग्यालरी

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ३० बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा