१० चैत्र २०८२, मंगलबार | March 24, 2026

खजुराका बिभिन्न स्थानमा चोरी गरेका सरसामान सहित एकजना पक्राउ



खजुरा । बाँकेको धनौली प्रहरीले बिभिन्न स्थानमा चोरीगरि संकलन गरेको सुनचांदीका गरगहना सहित एकजनालाई पक्राउ गरेको छ । चोरीगरि संकलन गरि बिक्रिवितरण गर्नलागेको सूचनाका आधारमा खजुराबाट खटिएको प्रहरी टोलीले एकथान ल्यापटप सहित सुन र चाँदीका गरहना सहित सुर्खेत सिम्ता गाउँपालिका वडा नं ५ घर भई बाँके खजुरा गाउँपालिका वडा नं ६ सिमलघारी बस्ने वर्ष २३ को शिब नेपालीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरक्षिक अशोक मल्लको कमाण्डमा खटिएको टोलीले चोरी कार्यमा संलग्न नेपालीलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीको साथबाट प्रहरीले एकथान एसर कम्पनीको ल्यापटप १ थान, चाँदीको जन्तर २ थान, एयरटप १ थान, चाँदीको पायल ४ थान, सुनको टुक्राहरु ५ ग्राम, चाँदीको लकेट १४ थान, चाँदीको औठी १२ थान, चाँदीको सिक्का ३ थान, चाँदीको सिक्री ८ थान, चाँदीको बाला १० थान, चाँदीको ब्रासलेट २ थान, चाँदीको टुक्राहरु ८० ग्राम, चाँदीको मुन्द्रा ४५ थान, चाँदीको बिछिया ८ थान र नगद रु. ६ हजार ९७५ बरामद गरेको छ ।

प्रहरीले नेपालीले चोरी गर्नेक्रममा प्रयोग गर्ने फलाम काट्न प्रयोग हुने करौती ३ थान, पिलास १ थान, हथौडा १ थान, रेन्ची १ थान, फलाम काट्ने कैची १ थान, चक्कु १ थान र पेचकस ३ थान पनि बरामद गरेको धनौली प्रहरी प्रमुख प्रहरी निरीक्षक मल्लले बताए ।

भदौ १८ गते बाँकेको खजुरा ६ सिमलघारी स्थित आर.के ज्वैलर्सबाट सुन चाँदीका गरगहना चोरी भएको , असोज १५ गते जनता दुग्ध उत्पादक सहकारी सस्था लि.बाट ल्यापटप चोरी भएको र असोज १९ गते खजुरा ३ खजुरा बजारमा रहेको दिप शिखा ज्वैलर्सबाट सुन चाँदीका गरगहना चोरी भएको भन्ने खबर प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय धनौलीले चोरी गर्नेको खोजी कार्यलाई तिब्र पारेको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ३१ बजे

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको