२१ मंसिर २०८२, आइतबार | December 7, 2025

उद्योग धन्दा धाराशायी हुँदा अर्थतन्त्र सङ्कटग्रस्तः अध्यक्ष नेपाल



बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन् । सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उनले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गरे । उनले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गरे ।

उनले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहलकदमी गर्ने बताए ।

अध्यक्ष नेपालले बैंकहरुले पनि उद्योग तथा कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक सङ्कट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसारोकारको मुद्दालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताए ।

सो अवसरमा उद्योगी व्यवसायीले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, कच्चापदार्थको अभाव जस्ता समस्या भोगेको भन्दै आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : ४८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न