२१ माघ २०८२, बुधबार | February 4, 2026

वामपन्थी लेखक पिटरको ‘बकपत्र’ सार्वजनिक



काठमाडौं । वामपन्थी  लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र संघर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह(अवरोह लेखेका छन्।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताए। ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो। समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ। अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौं र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे।’

यसैगरी समीक्षक विन्दु शर्माले युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेका बताइन्। उनले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुरानारनयाँ तस्विर किताबमा लेखेका छन् पिटरले।’

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले लेखक नरेन्द्रजंगको किताब एक बुद्धिजीविको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए। ‘पूरै किताब पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन्।’

जीवन स्वयं एउटा महाआख्यान भएको बताए लेखक पिटरले। ‘प्रत्येकको जीवन विश्वविद्यालय हो,’, उनले भने, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो। मलाई ठक्करको दर्शन सिकाएकोको छ, दगुर्न नसके पनि हिँड्न सिकाएकोमा जिन्दगीलाई धन्यवाद।’

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : २९ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक