१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

वामपन्थी लेखक पिटरको ‘बकपत्र’ सार्वजनिक



काठमाडौं । वामपन्थी  लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र संघर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह(अवरोह लेखेका छन्।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताए। ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो। समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ। अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौं र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे।’

यसैगरी समीक्षक विन्दु शर्माले युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेका बताइन्। उनले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुरानारनयाँ तस्विर किताबमा लेखेका छन् पिटरले।’

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले लेखक नरेन्द्रजंगको किताब एक बुद्धिजीविको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए। ‘पूरै किताब पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना उनका किताबमा छन्।’

जीवन स्वयं एउटा महाआख्यान भएको बताए लेखक पिटरले। ‘प्रत्येकको जीवन विश्वविद्यालय हो,’, उनले भने, ‘यो किताब मेरो जीवनको एक बकपत्र हो। मलाई ठक्करको दर्शन सिकाएकोको छ, दगुर्न नसके पनि हिँड्न सिकाएकोमा जिन्दगीलाई धन्यवाद।’

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : २९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का