२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित



काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। मंगलबार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद छन्। एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ। जसमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महरा छन्।

एक जना सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। जसमा रणबहादुर चन्द, राजेशकुमार खाती र रतनराज रेग्मी छन्।

त्यस्तै, एक जना उपसचिव (महिला)का लागि भागरथी विष्ट तिमिल्सेना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन्। एकजना उपसचिव (खुला)का लागि अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन्।

मंगलबार बिहान ७ः३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको

लाहोर एयरपोर्टमा आगलागी : उडानमा ढिलाइ

लाहोर । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक