८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नेपालगन्जमा भिषण आगलागी, ७ बढी फर्निचर पसल जलेर नष्ट



नेपालगन्ज । नेपालगन्जको बिपी चोक नजिकै आगलागी हुँदा ७ बढी पसल जलेर नष्ट भएको छ ।

नेपालगञ्जको बिपी चोक सुर्खेत रोड आर्या ट्रेडर्स फर्निचर पसलबाट बिहान करिव ४ः४५ बजेतिरबाट आगलागी सुरु भएको बताइएको छ । बागेश्वरी मन्दिर जाने बाटोमा रहेको उक्त पसलबाट सल्केको आगोले यो समाचार तयार हुँदा सम्म ७ वटा पसल जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले आँसिक निमन्त्रणमा लिएको छ । पसलहरुबाट धुँवा आइरहेकाले पूर्ण नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी भैरहेको टोलमा लस्करै करिब १४,१५ वटा फर्निचरको पसल रहेकोले एकपछि अर्को पसलमा आगो सल्किदै गएका कारण नियन्त्रणमा समय लागेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । ‘एउटा पसलमा आँसिक क्षती भएको छ, बाँके सबै पसल जलेर नष्ट भएको छ ।’ उनले भने । पूर्णरुपमा आगो नियन्त्रणमा आएपछि मात्र क्षतीको विवरण संकलन गर्न सकिने डीएसपी डाँगीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ५५ बजे

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र

कुनै सहमति नगरी सकियो कार्यदल बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना

उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले