२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

कांग्रेस शेखर गुटको कोशीमा बिद्रोह, संसदमा प्रचण्डको बिकल्प खोज्न माग



काठमाडौं । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला कोईराला निकट एक सांसदले संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा अघि सारेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले प्रचण्ड नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जनाएका छन् ।

‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,ु प्रचण्ड सरकारको ध्यान केन्द्रित भएको छ, उनले भने,  ‘देशको आर्थिक स्थिर अवस्थामा छ,  यसलाई गतिशील बनाउनु पर्ने छ, उत्पादनमा जोड दिनु पर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन,  यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नेतृत्वमो सरकार गठन गर्नु पर्ने माग पहिलो पटक उठेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ०८ बजे

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,