२१ भदौ २०८३, आइतबार | September 6, 2026

एनआरएनएद्धारा निर्मित अत्याधुनिक शौचालय हस्तान्तरण



पोखरा । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका-९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार एनआरएनएकी अध्यक्ष रविना थापा र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन । थापा एनआरएनएकी कार्यकारी अध्यक्ष रहेको समयमा शौचालय निर्माणका लागि एनआरएनए र पोखरा महानगरपालिकाबीचमा सम्झौता भई गत चैत्र २७ मा शिलान्यास भएको थियो । पहिलो किस्तामा ६० लाख र दोस्रो किस्तामा २० लाख गरी संघको कुल ८० लाखको लागतमा शौचालय निर्माण गरेको हो ।

महिला र पुरुषका लागि छुट्टा छुट्टै शौच गर्न मिल्ने प्रबन्ध सहितको शौचालय अपागंता भएका व्यक्तिले समेत सहज प्रयोग गर्न सक्ने खालको रहेको छ । साथै शौचालयमा सेनेटरी प्याड भण्डारको व्यवस्था तथा स्तनपान कक्ष र विद्युतीय सामाग्रीहरुका राख्नका लागि भण्डार कक्ष समेत रहेको छ । आगामी दिनमा शौचालयको वरीपरीको भुभागमा एनआरएनए पार्क समेत निर्माण गर्ने तयारी रहेको छ । कुल ९५ लाखको लागतमा पार्क सहीतको शौचालय बनाउने गरी परियोजना अघि बढेको हो । जसमा शौचालय निर्माण भैसकेको छ भने पार्क निर्माणको तयारीमा रहेको छ ।

नवनिर्मित शौचालयको उद्घाटन पश्चात एनआरएनएकी अध्यक्ष थापाले शौचालयको संरक्षण र कुशल सञ्चालनको दायित्व महानगरपालिकाको रहेको र त्यो कार्य महानगरपालिकाबाट हुनेमा विश्वास व्यक्त गरिन । एनआरएनएले गैरआवासीय नेपालीका साथैं नेपालमा रहेका नेपालीका लागि पनि काम गर्दै आएको र सामाजिक सेवाको क्षेत्रमा सहकार्य गर्न एनआरएनए सदैव तयार रहेको बताइन ।

सो अवसरमा एनआरएनएकी महिला सचिव टिका गुरुगं, सह कोषाध्यक्ष कृष्ण तिमिल्सेना, एनआरएनए स्वीजरल्याण्डका अध्यक्ष कृष्ण शिवाकोटी लगायत एनआरएनहरु र पोखरा महानगरपालिकाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ५६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका