६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देही-२ मा काँग्रेसले आज निर्वाचन मार्फत सभापति चयन गर्दै



बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को रिक्त क्षेत्रीय सभापती पदका लागि आज निर्वाचन हुँदै छ । पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट सो पदमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सहसचिव पदमा पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

रिक्त पदका लागि निर्वाचनका लागि तोकिएको कार्यतालिका अनुसार शुक्रबार सभापती पदका युवा नेता प्रजापाल गिरी र परशुराम ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत रुपकुमार रायमाझिले बताए ।

स्थानीय चुनावको समयमा पार्टीको १४ औं महाधिवशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछि क्षेत्रीय पद रिक्त रहेको थियो । त्यस्तै सह सचिवमा संगिता अर्याल गौतम र विष्णुप्रसाद चापागाईको उम्मेदवारी परेको छ ।

तत्कालिन सह सचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि उक्त पद रिक्त थियो । निर्वाचन कार्यक्रम अनुसार आज बुटवलको बालमन्दिरमा मतदान हुँदैछ । मतदानमा ६७४ क्षेत्रीय प्रतिनिधीले मतदान गर्नेछन् ।

यस बाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुपन्देहीको गैडहवा गाउँपालिका सभापतीको लागि पनि नै निर्वाचन हुँदैछ । त्यहाँ योगेन्द्र चौधरीको एकल उम्मेदवारी परेको छ । त्यस्तै देवदह नगरपालिकाको वडा नंं ६, ओमसतियाको ४, मायादेवीको ५, मर्चवारीको ४ नंं वडामा पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : २४ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन