१ आश्विन २०८३, बिहिबार | September 17, 2026

रुपन्देही-२ मा काँग्रेसले आज निर्वाचन मार्फत सभापति चयन गर्दै



बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को रिक्त क्षेत्रीय सभापती पदका लागि आज निर्वाचन हुँदै छ । पार्टी भित्र रहेको देउवा र शेखर समुहबाट सो पदमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सहसचिव पदमा पनि छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

रिक्त पदका लागि निर्वाचनका लागि तोकिएको कार्यतालिका अनुसार शुक्रबार सभापती पदका युवा नेता प्रजापाल गिरी र परशुराम ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत रुपकुमार रायमाझिले बताए ।

स्थानीय चुनावको समयमा पार्टीको १४ औं महाधिवशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछि क्षेत्रीय पद रिक्त रहेको थियो । त्यस्तै सह सचिवमा संगिता अर्याल गौतम र विष्णुप्रसाद चापागाईको उम्मेदवारी परेको छ ।

तत्कालिन सह सचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि उक्त पद रिक्त थियो । निर्वाचन कार्यक्रम अनुसार आज बुटवलको बालमन्दिरमा मतदान हुँदैछ । मतदानमा ६७४ क्षेत्रीय प्रतिनिधीले मतदान गर्नेछन् ।

यस बाहेक रुपन्देहीका एउटा गाउँपालिका र ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुपन्देहीको गैडहवा गाउँपालिका सभापतीको लागि पनि नै निर्वाचन हुँदैछ । त्यहाँ योगेन्द्र चौधरीको एकल उम्मेदवारी परेको छ । त्यस्तै देवदह नगरपालिकाको वडा नंं ६, ओमसतियाको ४, मायादेवीको ५, मर्चवारीको ४ नंं वडामा पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : २४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९