१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

शेखरको साथले कांग्रेसमा विद्रोह र एमालेको आडभरोसापछि कार्की बने कोशीको मुख्यमन्त्री



काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन ।

सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने भन्नेमा बारेमा विवाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिए ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए ।

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गरेको थियो । जसअनुसार आङबो समुह हस्ताक्षर सनाखतमा जान नसके पछि आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवामाथि शेखर कोइरालाले आफु निकट कार्कीलाई विद्रोह गर्न निर्देशन दिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनाउँदा पार्टीको ह्वीप नलाग्ने भएपछि कोइरालाले कार्कीलाई विद्रोह गराएर देउवामाथि तरबार चलाए ।

कांग्रेसभित्रको किचलोलाई नजिकबाट नियालिरहेको एमालेले मौकाको फाइदा उठायो । आफु विरुद्ध आफ्नै पार्टीका सांसद प्रयोग गरेर प्रधानमन्त्री बनेपछि देउवा विरुद्ध एमाले अध्यक्ष केपी ओलीले प्रतिरोध गर्ने दाउ खोजिरहेका थिए । कांग्रेसभित्र विभाजनको अवस्था ल्याउने गरी कोशीबाट सुरु गरेको यो प्रतिरोधको अस्त्र अब केन्द्रमा पनि पर्ने विश्वास एमालेले लिएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : ३७ बजे

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा