१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

शेखरको साथले कांग्रेसमा विद्रोह र एमालेको आडभरोसापछि कार्की बने कोशीको मुख्यमन्त्री



काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन ।

सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने भन्नेमा बारेमा विवाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिए ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए ।

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गरेको थियो । जसअनुसार आङबो समुह हस्ताक्षर सनाखतमा जान नसके पछि आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवामाथि शेखर कोइरालाले आफु निकट कार्कीलाई विद्रोह गर्न निर्देशन दिएका थिए । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनाउँदा पार्टीको ह्वीप नलाग्ने भएपछि कोइरालाले कार्कीलाई विद्रोह गराएर देउवामाथि तरबार चलाए ।

कांग्रेसभित्रको किचलोलाई नजिकबाट नियालिरहेको एमालेले मौकाको फाइदा उठायो । आफु विरुद्ध आफ्नै पार्टीका सांसद प्रयोग गरेर प्रधानमन्त्री बनेपछि देउवा विरुद्ध एमाले अध्यक्ष केपी ओलीले प्रतिरोध गर्ने दाउ खोजिरहेका थिए । कांग्रेसभित्र विभाजनको अवस्था ल्याउने गरी कोशीबाट सुरु गरेको यो प्रतिरोधको अस्त्र अब केन्द्रमा पनि पर्ने विश्वास एमालेले लिएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ११ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले