७ श्रावण २०८३, बिहिबार | July 24, 2026

गठबन्धन सरकारको कुनै अर्थ छैन : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान गठबन्धन सरकारको कुनै अर्थ नभएको बताएका छन् । रूपन्देही उद्योग संघको ४५ औं साधारण सभा तथा २३ औं अधिवेशनको सोमबार बुटवलमा उदघाटन गर्दै नेता पौडेलले जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको बताएका हुन् ।

उनले सरकार सत्ता टिकाउन चिर्कटो सम्झौतामा केन्द्रित रहेको आरोप लगाए । सत्ता र शक्ति बचाउनको लागि चिर्कटो सम्झौता गर्दागर्दै राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको उनले दावी गरे ।

‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबार कुनै मतलव छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ ? सरकारको ध्यान यो गठबन्धन जोगिनुप¥यो भन्नेमा मात्र केन्द्रित छ ।’ उनले भने ।

अहिलेको सिथिलता सामान्य प्रकृतिको नभएको उल्लेख गर्दैै उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र यो मन्दीको अवस्थामा पुग्दा समेत सरकारले अझै स्वीकार नगरेको बताए ।

उनले उद्योगी र व्यवसायीहरूको टाउकोमा सरकारले भंगारूको लाठी बर्साएको पनि आरोप लगाए । ‘उद्योगीका समस्या के छन सुन्दैन, समाधान गर्न के गर्नुपर्छ त्यसमा सहयोगी बन्दैन, अनि टवाङ टवाङ टाउकोमा हिर्काउँदै हिडिरेको छ । उद्योगी र व्यवसायीहरुलाई त्रसित गर्ने, आतंकित गर्ने, उनीहरूको भय दोहन गर्ने, उनीहरूबाट अनुचित किसिमको लाभको अपेक्षा गर्दै लाठीसहित हिडेको छ’ पौडेलले भने ।

उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत उत्पादन गर्न समेत सक्ने अवस्था नभएको उनले बताए । आपूर्ति, डिमाण्ड र प्रोडक्सन नभएको देश धानिन्छ कसरी ? पौडेलले सरकारलाई प्रश्न गरे । यस्तो अवस्था आउनु भनेको देशका लागि धेरै ‘सिरियस इन्डिकेशन’ भएको पौडेलको भनाई छ।

विदेशीहरूमा पनि नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको सन्देश विश्व पुगेको समेत पौडेलले बताए । उपाध्यक्ष पौडेलले मोतिपूर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने गरी ढुंगा हान्ने प्रयन्त भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता बाशुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए ।

रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलयानले उद्योगको विस्तार र पुस्तान्तरणमा समेत संकट सृजना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : २५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी