४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गठबन्धन सरकारको कुनै अर्थ छैन : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान गठबन्धन सरकारको कुनै अर्थ नभएको बताएका छन् । रूपन्देही उद्योग संघको ४५ औं साधारण सभा तथा २३ औं अधिवेशनको सोमबार बुटवलमा उदघाटन गर्दै नेता पौडेलले जनता र राष्ट्रका समस्या समाधान गर्न नसक्ने गठबन्धन सरकारको कुनै अर्थ नभएको बताएका हुन् ।

उनले सरकार सत्ता टिकाउन चिर्कटो सम्झौतामा केन्द्रित रहेको आरोप लगाए । सत्ता र शक्ति बचाउनको लागि चिर्कटो सम्झौता गर्दागर्दै राष्ट्रको अर्थतन्त्र भयावह हुँदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको उनले दावी गरे ।

‘सरकारलाई देशको अर्थतन्त्रका समस्याबार कुनै मतलव छैन, चासो छैन, सत्ता र सरकार टिकाउने, कागजमा लेखेको चिर्कटो सम्झौता गर्दा ठीक्क छ, देशको अर्थतन्त्र र उद्योगी व्यवसायीका बारेका कहाँ छलफल गर्छ ? सरकारको ध्यान यो गठबन्धन जोगिनुप¥यो भन्नेमा मात्र केन्द्रित छ ।’ उनले भने ।

अहिलेको सिथिलता सामान्य प्रकृतिको नभएको उल्लेख गर्दैै उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र यो मन्दीको अवस्थामा पुग्दा समेत सरकारले अझै स्वीकार नगरेको बताए ।

उनले उद्योगी र व्यवसायीहरूको टाउकोमा सरकारले भंगारूको लाठी बर्साएको पनि आरोप लगाए । ‘उद्योगीका समस्या के छन सुन्दैन, समाधान गर्न के गर्नुपर्छ त्यसमा सहयोगी बन्दैन, अनि टवाङ टवाङ टाउकोमा हिर्काउँदै हिडिरेको छ । उद्योगी र व्यवसायीहरुलाई त्रसित गर्ने, आतंकित गर्ने, उनीहरूको भय दोहन गर्ने, उनीहरूबाट अनुचित किसिमको लाभको अपेक्षा गर्दै लाठीसहित हिडेको छ’ पौडेलले भने ।

उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत उत्पादन गर्न समेत सक्ने अवस्था नभएको उनले बताए । आपूर्ति, डिमाण्ड र प्रोडक्सन नभएको देश धानिन्छ कसरी ? पौडेलले सरकारलाई प्रश्न गरे । यस्तो अवस्था आउनु भनेको देशका लागि धेरै ‘सिरियस इन्डिकेशन’ भएको पौडेलको भनाई छ।

विदेशीहरूमा पनि नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको सन्देश विश्व पुगेको समेत पौडेलले बताए । उपाध्यक्ष पौडेलले मोतिपूर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने गरी ढुंगा हान्ने प्रयन्त भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता बाशुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताए ।

रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसँगै युवा शक्तिको पलयानले उद्योगको विस्तार र पुस्तान्तरणमा समेत संकट सृजना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ४ : २५ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ