९ चैत्र २०८२, सोमबार | March 23, 2026

आज खजुरा क्षेत्रका सबै विद्यालयमा शोक विदा



खजुरा । स्कुल बस दुर्घटनामा मृत्यु भएका विद्यार्थीको शोकमा आज खजुरा गाँउपालिकाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरुलाई शोक विदा दिईएको छ । खजुरा गाँउपालिकाको शिक्षा शाखा तथा प्याब्सन र एन प्याब्सनको छुट्टाछुट्टै निर्णयबाट पालिमा रहेका सबै विद्यालयहरुलाई शोक विदा दिइएको हो ।

सोमबार अपरान्ह परीक्षा सकेर घर फर्कने क्रममा खजुराको पुरानो निजी विद्यालय दीपक बोर्डिङको स्कुलबस खजुरा ५ स्थित जेठी नालामा खस्दा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत ११ वर्षिय विद्यार्थी जितु नेपालीको मृत्यु भएको थियो ।

विद्यार्थी छाड्न सिमलघारी तर्फ जाँदै गरेको स्कुलको ना ४ ख ६५१ नम्बरको बस जेठी नालामा खसेको थियो । स्टेरिङको मुल नट खसेर स्टेरिङ फ्ल हुँदा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विद्यार्थीको निधन भएपछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । मृतक नेपालीको आमाबुवा दुबैजना रोजगारीका लागि भारतमा रहेको र उनले मामाघर बसेर अध्ययनरत रहेको बुझिएको छ । बुवाआमा आएपछि मात्र मृतक बालकको दाहसंस्कार हुने आफन्तले जनाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ४० बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी