८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेश सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । अहिले सत्तारुढ गठबन्धनले कार्कीलाई समर्थन जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘चाहना विपरीत’ मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराइसकेका छन् । एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेर आफूलाई समर्थन गर्ने शमशेर राईलाई कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

कार्कीलाई सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने देखिएको छ । एमाले विश्वासको मत दिने पक्का नै छ । राप्रपाले भने विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय गरेको छैन । यद्यपि कार्कीको नेतृत्वमा सरकार गठन हुँदा राप्रपाले तटस्थ बस्ने निर्णय लिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ०३ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।