१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेश सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । अहिले सत्तारुढ गठबन्धनले कार्कीलाई समर्थन जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘चाहना विपरीत’ मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराइसकेका छन् । एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेर आफूलाई समर्थन गर्ने शमशेर राईलाई कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

कार्कीलाई सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि विश्वासको मत दिने देखिएको छ । एमाले विश्वासको मत दिने पक्का नै छ । राप्रपाले भने विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय गरेको छैन । यद्यपि कार्कीको नेतृत्वमा सरकार गठन हुँदा राप्रपाले तटस्थ बस्ने निर्णय लिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ०३ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई