२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बेइजिङमा तेस्रो बीआरएफ शिखर सम्मेलन सुरु, उपप्रधानमन्त्री श्रेष्ठ सहभागी



बेइजिङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन्।

चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले आज यहाँ आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन सत्रमा नेपाल सरकारका तर्फबाट सहभागिता जनाएका हुन् ।

राजधानी बेइजिङमा आयोजित सो समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले मुख्य सम्बोधन गरेका छन् । सम्मलेनलाई सम्बोधन गर्दै राष्ट्रपति सी ले १० वर्षयता ‘बेल्ट एन्ड रोड’अन्तर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको उल्लेख गरे ।

राष्ट्रपति सीलगायत विभिन्न मुलुकका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले उद्घाटन सम्बोधन गर्नुभएको यस सम्मेलनमा सहभागी हुने आउने एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिलाई चीनले स्वागत गरेको बताइएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसँगै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठसमेत सहभागी छन् ।उपप्रधानमन्त्री श्रेष्ठले आजै आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : १८ बजे

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि लाम

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा