१२ बैशाख २०८३, शनिबार | April 26, 2026

नेपालले साउदी अरेबियालाई जितका लागि दियो ३४८ रनको विशाल लक्ष्य



काठमाडौं । एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियागिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको योगफल बनायो । नेपालका अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिए । उनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको शतकीय इनिङ खेले । यस रनसँगै अर्जन नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कुशल मल्लका नाममा थियो । गत असोजमा चीनमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा उनले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

त्यसैगरी आकाश त्रिपाठीले ९० रन बनाए भने दीपक बोहराले २९ रन जोडे । दीपकप्रकाश डुम्रेले १४ रन जोडे । मिलन बोहराले ९ रन बनाए भने दीपेश कँडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई÷दुई विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १२ : १३ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा