३१ बैशाख २०८१, सोमबार | May 13, 2024

पढ्न विदेशिने युवालाई लक्षित गर्दै नबिल बैंकले गर्यो दशैं भिडियो सार्वजनिक



काठमाडौं । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंकले सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ ।

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो ।

यस भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ ।
यस भिडियोमार्फत् उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ ।

नेपालको अग्रणी बैंकका रूपमा स्थापित नबिल बैंकले युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

Facebook: https://fb.watch/nLEDKaDqGn/?mibextid=Nif5oz

youtube : https://www.youtube.com/watch?v=O2huSPaw1kI

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : ०९ बजे

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौं । अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौं । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक