२ चैत्र २०८२, सोमबार | March 16, 2026

गाजाको अस्पतालमा भएको हमलाको नेपालद्वारा निन्दा



काठमाडौं । नेपालले प्यालेस्टायनको गाजा क्षेत्रमा रहेको अस्पतालमाथि भएको मिसाइल हमलाको नेपालले निन्दा गरेको छ ।

बुधबार राति गाजाअल अहली अस्पतालमा इजरायलले मिसाइल आक्रमण गरी त्यहाँ आश्रय लिइरहेका सयौं प्यालेष्टायनी महिला र वालवच्चाको हत्या गरेको थियो । तर, इजरायलले सो आक्रमण आफुले नगरेको भन्दै इस्लामिक जेहादको मिसाइल प्रक्षेपण फेल हुँदा घटना भएको दाबी गरेको थियो । अमेरिकाले पनि इजरायलकै पक्ष लिँदै हमलामा तेस्रो पक्षको हात रहेको बताएको थियो ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा हमला कसले गरेको उल्लेख नगरे पनि अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरिएको छ । अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नेपालले सबै विवादको समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्न आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : ३७ बजे

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास