८ माघ २०८२, बिहिबार | January 22, 2026

गाजाको अस्पतालमा भएको हमलाको नेपालद्वारा निन्दा



काठमाडौं । नेपालले प्यालेस्टायनको गाजा क्षेत्रमा रहेको अस्पतालमाथि भएको मिसाइल हमलाको नेपालले निन्दा गरेको छ ।

बुधबार राति गाजाअल अहली अस्पतालमा इजरायलले मिसाइल आक्रमण गरी त्यहाँ आश्रय लिइरहेका सयौं प्यालेष्टायनी महिला र वालवच्चाको हत्या गरेको थियो । तर, इजरायलले सो आक्रमण आफुले नगरेको भन्दै इस्लामिक जेहादको मिसाइल प्रक्षेपण फेल हुँदा घटना भएको दाबी गरेको थियो । अमेरिकाले पनि इजरायलकै पक्ष लिँदै हमलामा तेस्रो पक्षको हात रहेको बताएको थियो ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा हमला कसले गरेको उल्लेख नगरे पनि अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरिएको छ । अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नेपालले सबै विवादको समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्न आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ८ : ३७ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको