९ चैत्र २०८२, सोमबार | March 23, 2026

वडा अध्यक्षले बाँडे विद्यार्थीलाई न्यानो कपडा



खजुरा । बाँकेको खजुरा गाँउ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले वडा भित्रका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । वडा कार्यालयको तर्फबाट वडामा रहेका मदरसा तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शेखले न्यानो कपडा वितरण गरेका हुन् ।

मधेसी र मुस्लिम समुदायका बाहुल्यता रहेको वडामा विद्यार्थीहरुलाई शिक्षा र विद्यालय प्रति आकर्षण बढाउन न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष शेखले बताए । उनले वडामा विद्यालय छाड्ने प्रबृत्ति बढी देखिउकाले विद्यालयमा विद्यार्थीलाई रोक्न बिभिन्न कार्यक्रम अन्तर्गत न्योनो कपडा वितरण गरिएको बताए ।

वडाले मदरसा समिया अरबियामिसवाहा उल उलम, मदरसा इस्लामिया इमरानुल उलम, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लगायतका विद्यालयका शिशु कक्षा देखि ५ कक्षा सम्ममा अध्ययनरत करिव ६ सय विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराइएको वडा अध्यक्ष शेखले बताए ।

सो बस्तीहरुमा सानो उमेरमा मात्र विद्यालय जाने र किशोरावस्था नपुग्दै विद्यालय जान छाड्ने प्रचलन जस्तै बनेको छ । विद्यालय छाड्ने क्रमलाई रोक्न न्यानो कपडा बांडिएको अध्यक्ष शेखले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : ०२ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी