६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

वडा अध्यक्षले बाँडे विद्यार्थीलाई न्यानो कपडा



खजुरा । बाँकेको खजुरा गाँउ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले वडा भित्रका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । वडा कार्यालयको तर्फबाट वडामा रहेका मदरसा तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शेखले न्यानो कपडा वितरण गरेका हुन् ।

मधेसी र मुस्लिम समुदायका बाहुल्यता रहेको वडामा विद्यार्थीहरुलाई शिक्षा र विद्यालय प्रति आकर्षण बढाउन न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष शेखले बताए । उनले वडामा विद्यालय छाड्ने प्रबृत्ति बढी देखिउकाले विद्यालयमा विद्यार्थीलाई रोक्न बिभिन्न कार्यक्रम अन्तर्गत न्योनो कपडा वितरण गरिएको बताए ।

वडाले मदरसा समिया अरबियामिसवाहा उल उलम, मदरसा इस्लामिया इमरानुल उलम, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लगायतका विद्यालयका शिशु कक्षा देखि ५ कक्षा सम्ममा अध्ययनरत करिव ६ सय विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराइएको वडा अध्यक्ष शेखले बताए ।

सो बस्तीहरुमा सानो उमेरमा मात्र विद्यालय जाने र किशोरावस्था नपुग्दै विद्यालय जान छाड्ने प्रचलन जस्तै बनेको छ । विद्यालय छाड्ने क्रमलाई रोक्न न्यानो कपडा बांडिएको अध्यक्ष शेखले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : ०२ बजे

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।