२४ भदौ २०८३, बुधबार | September 9, 2026

बिच भलिबल : त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि



कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् ।

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो ।

त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त गर्नेछन् ।

यहाँस्थित नेपाली सेना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा गत असोज २९ गतेदेखि पहिलो पटक महाकालीको बगरमा बिच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना थियो ।

शुक्लाफाँटादेखि झोलुङ्गे पुल हुँदै भाइरल रोड लगायत यहाँका पर्यटकीय क्षेत्रको खेल पर्यटनका माध्यमबाट प्रचार प्रसार गर्न लागिएको हो । खुलातर्फ त्यसैगरी द्धितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत हुनेछन् ।

त्यसैगरी भेट्रान (चालिस वर्ष भन्दामाथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिमले रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले पुरस्कार राशि प्रायोजनसमेत गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ५६ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको