१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बडादशैँलाई उत्सवका रुपमा मनाउन होटल पौवा बुटवलले सरायँ नाच प्रदर्शन गर्ने



बुटवल । हिन्दु धम्मावलम्बी नेपालीको महान् पर्वका रुपमा रहेको बडा दशैँलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सरायँ नाच प्रदर्शन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सरायँ नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने तथा सँस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही कार्तिक १७ गते होटल पौवाको योगिकुटी शाखामा नृत्य प्रदर्शन गरिने होटलका प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सरायँ नाचको प्रारम्भ गरिएको उनले बताए । यसैगरी होटल पौवाले यो वर्षको दशैँलाई उत्सवको रुपमा मनाउन योगीकुटी सहितका तीन वटा शाखामा परम्परागत लिङ्गे पिङ राखेको छ ।

नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको हो प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए ।

‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिइरहेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।

विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ प्रमुख विष्णु भण्डारीले बताए । पर्यटन प्रवर्द्धनमा  देशको कला, संस्कति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै भण्डारीले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।

होटलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजक समेत रहेका भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : ०२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११