९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

नयाँ नोट वितरणमा नेपाल राष्ट्र बैंकको एकाधिकार, राष्ट्र बैंकमा थामिनसक्नु घुईँचो



नेपालगन्ज । नयाँ नोट वितरणमा नेपाल राष्ट्र बैंकले एकाधिकार कायम गरेपछि नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयमा थामिनसक्नु भिड लाग्ने गरेको छ । यसवर्ष राष्ट्र बैंकले अन्य बाणिज्य बैंकहरुलाई नयाँ नोट नदिएर एकलौटी आफैले मात्र वितरण गर्ने निर्णय गरेपछि बैंकमा नयाँ नोट लिन भिड लागेको हो ।

बिगतका वर्षहरुमा जस्तो यसवर्ष नेपाल राष्ट्र बैंकले अन्य बैंकलाई नयाँ नोट उपलब्ध नगराएको ती बैंकहरुले जनाएका छन् ।

नयाँ नोट लिन क्युआर अनिवार्य गरेपछि सूचना प्रबिधिको पहुँचमा नरहेका सर्वसाधारणले सास्ती समेत खेप्नु परेको नोट लिन लाईनमा बसेका एकजनाले बताए । ४ घण्टा लाईनमा बसेपछि क्युआरमा ट्रान्जेशन फेल भनिदिएपछि परसपुरका नयाँ नोट लिन लाइनमा बसेका शेरअलि बागवान रिट्टो हात फर्कनु परेको गुनासो गरे ।

दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको छ । हरेक वर्ष राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ३० बजे

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि

लुम्बिनीमा पहिलोपटक सीप च्याम्पियनसिप आयोजना : प्राविधिक शिक्षाबारे बहस

रुपन्देही । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति