५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नयाँ नोट वितरणमा नेपाल राष्ट्र बैंकको एकाधिकार, राष्ट्र बैंकमा थामिनसक्नु घुईँचो



नेपालगन्ज । नयाँ नोट वितरणमा नेपाल राष्ट्र बैंकले एकाधिकार कायम गरेपछि नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयमा थामिनसक्नु भिड लाग्ने गरेको छ । यसवर्ष राष्ट्र बैंकले अन्य बाणिज्य बैंकहरुलाई नयाँ नोट नदिएर एकलौटी आफैले मात्र वितरण गर्ने निर्णय गरेपछि बैंकमा नयाँ नोट लिन भिड लागेको हो ।

बिगतका वर्षहरुमा जस्तो यसवर्ष नेपाल राष्ट्र बैंकले अन्य बैंकलाई नयाँ नोट उपलब्ध नगराएको ती बैंकहरुले जनाएका छन् ।

नयाँ नोट लिन क्युआर अनिवार्य गरेपछि सूचना प्रबिधिको पहुँचमा नरहेका सर्वसाधारणले सास्ती समेत खेप्नु परेको नोट लिन लाईनमा बसेका एकजनाले बताए । ४ घण्टा लाईनमा बसेपछि क्युआरमा ट्रान्जेशन फेल भनिदिएपछि परसपुरका नयाँ नोट लिन लाइनमा बसेका शेरअलि बागवान रिट्टो हात फर्कनु परेको गुनासो गरे ।

दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको छ । हरेक वर्ष राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ३० बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०