९ चैत्र २०८२, सोमबार | March 24, 2026

रुपन्देही उद्योग संघको निर्वाचनमा पुनः मतगणनाको माग गर्दै सारुले गराए निवेदन दर्ता



बुटवल । रुपन्देही उद्योग संघको २३ औ अधिवेशनमा पराजित घोषणा भएका एकजना सदस्य पदका उम्मेदवारले पुनः मतगणनाको माग गरेका छन् । संघको निर्वाचनमा ९ औं नम्बरमा रहेका सदस्य पदमा उम्मेदवार तुलबहादुर सारुले पुनः मतगणनाका लागि निर्वाचन समितिमा निवेदन हालेका हुन् ।

उनले निवेदनमा निर्वाचन प्रतिनिधिहरुले आफुलाई चुनाव जितेको भन्दै बधाई दिएको तर निर्वाचन समितिले पराजितको लिष्टमा पारेको उल्लेख गरेका छन् । उनले निर्वाचन समितिको मतपरिणाम घोषणा प्रति आशंका प्रकट गर्दै पुनः मतगणनाको माग गरेका छन् । खुल्ला सदस्य तर्फ ८ जना सदस्य निर्वाचित हुने उद्योग संघमा सारु २० मतले पछाडी पर्दै ९ औं नम्बरमा परेका थिए । ८ औं नम्बरका चक्रपाणी तिवारीले ३७३ मत पाउँदा सारुले ३५३ मत मात्र प्राप्त गरेका थिए ।

पुनः मतगणनाको निवेदन प्राप्त भएको पुष्टि गर्दै संघका निवर्तमान अध्यक्ष माधव पौडेलले न्यायोचित सुनुवाई हुने जनाए । हरेक १०० मत गणनामा सबै उम्मेदवारका प्रतिनिधिहरुको हस्ताक्षर गराईएको जानकारी गराउँदै निर्वाचन प्रक्रिया पूर्णरुपमा पारदर्शी रहेको पौडेलले दाबी गरे । ‘शंका गर्ने कुनै सम्भावना छैन, फेरिपनि निवेदन परिसकेपछि त्यसको सुनुवाई हुन्छ ।’ उनले भने ।

यसअघि नै अध्यक्ष पदमा दिलिप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : १६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११