३ पुस २०८२, बिहिबार | December 18, 2025

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको रोक्का रहेको जग्गा सर्त सहित फुकुवा



दाङ । विगत ३ वर्षदेखि रोक्का रहेको लुम्बिनी प्रदेशको राजधानी रहेको क्षेत्रको जग्गाको रोक्का फुकुवा भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का सर्त सहित फुकुवा गर्ने निर्णय गरेको हो ।

जग्गा फुकुवा गरेको जानकारी दिन आज प्रदेश राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेयले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको जानकारी दिए । उनले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने र टुक्र्याएर बेच्न नपाउने शर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको बताए ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केही वडामा गरिएको जग्गा रोक्कालाई कित्ताकाट नहुने र यथा अवस्थामा विक्री वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो ।

तीन वर्षअघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा विक्री वितरण र खण्डीकरणमा रोक लगाएको थियो । लामो समयदेखि जग्गा रोक्का भएपछि दैनिक जनजिवनमा गम्भीर असर परेको भन्दै स्थानीयबासी आन्दोलित भएका थिए । नयाँ बनेको सरकारले पनि रोक्कालाई निरन्तरता दिएको भन्दै राजधानी क्षेत्रमा स्थानीयतहले पनि सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका