६ पुस २०८२, आइतबार | December 21, 2025

किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण



कञ्चनपुर । कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ ।

किसानलाई ६९ पावरटिलर र ४६ मिनी पावरटिलर वितरण गरेको हो । नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलर र मिनीटिलर वितरण गरेको छ । “सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतमा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ”, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले भने, “दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ ।” उहाँका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनीटिलर वितरण गरेको छ । सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनीटिलर वितरण गरिएको छ । “एक पावरटिलरको मूल्य रु एक लाख ७४ हजार पाँच सय र मिनीटिलरको मूल्य रु ५२ हजार पाँच सय रहेको छ”, शाखा प्रमुख धामीले भने, “कुल मूल्यमा किसानले आधा रकम व्यहोरेका छन् ।” कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलर र मिनीटिलर वितरण गरिएको उनको भनाइ छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ५७ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको