१ आश्विन २०८३, बिहिबार | September 17, 2026

किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण



कञ्चनपुर । कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ ।

किसानलाई ६९ पावरटिलर र ४६ मिनी पावरटिलर वितरण गरेको हो । नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलर र मिनीटिलर वितरण गरेको छ । “सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतमा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ”, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले भने, “दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ ।” उहाँका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनीटिलर वितरण गरेको छ । सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनीटिलर वितरण गरिएको छ । “एक पावरटिलरको मूल्य रु एक लाख ७४ हजार पाँच सय र मिनीटिलरको मूल्य रु ५२ हजार पाँच सय रहेको छ”, शाखा प्रमुख धामीले भने, “कुल मूल्यमा किसानले आधा रकम व्यहोरेका छन् ।” कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलर र मिनीटिलर वितरण गरिएको उनको भनाइ छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १० : ५७ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको