१७ माघ २०८२, शनिबार | February 1, 2026

जिल्ला प्रशासन बाँकेको चाडपर्व सुरक्षा योजना सार्वजनिक



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको सुरक्षा योजनामा नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १,०१३ जना र सशस्त्र तर्फ ४९५ जना गरि कुल १,५०८ सुरक्षाकर्मी खटाईने उल्लेख गरिएको छ ।

सुरक्षाका मुख्य रणनितिक योजनाहरुमा संवेदनशिल क्षेत्र को रुपमा पहिचान गरिएको ३१ स्थानमा नेपाल प्रहरिको पिकेट खडा गरिने, राजमार्गको सुरक्षा र सम्भावित उद्वारलाई मध्यनजर गर्दै शसस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरि सुरक्षा प्रदान गरिने, नेपाल प्रहरीको १६ वटा मोबाईल टोलीद्वारा २४ सै घन्टा गस्ती गरिने, २ जना इन्स्पेक्टरको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिने रहेका छन् ।

जिल्ला सुरक्षा मितिको सुरक्षा योजनामा आकस्मिक उद्वार र मद्दतको लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्डबाई रहने, सूचना संकलनका लागि सादा पोषाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ रहने तथा जमुनाहा नाका , नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष संचालनलगायत रहेका छन् ।

प्रजिअ पोखरेलले सार्वजानिक गरेको योजनामा आर्थिक कारोवार हुने मुख्य ४ स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने, मेला/पर्व हुने मुख्य सिधनियाघाट, मानखोला, रामलिला मैदानको सुरक्षा ब्यवस्थामा शसस्त्र प्रहरीको गस्ती परिचालित हुने, नगर क्षेत्र भित्रका विभिन्न धार्मिक स्थलहरुको सशस्त्र प्रहरीबलद्वारा सघन गस्ती गरिने, मुख्य औद्योगिक तथा ब्यापारिक केन्द्रमा शसस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने, आतिषबाजी लगायतका अवैध बिस्फोटक पदार्थ कारोवार नियन्त्रणमा शसस्त्रका ११ टोलि परिचालित हुने समेत रहेका छन् ।

जिल्ला प्रशासनले चुस्त दुरुस्त सुरक्षा बन्दोबस्ती मिलाईएकाले ढुक्क भएर चाडवाडमा सामेल हुन जिल्लाबासीलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ११ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले