२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपालगन्जको सुरक्षा निगरानी ड्रोन क्यामेराबाट



नेपालगन्ज । चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन बाँके प्रहरीले नेपालगन्ज उपमहानगरमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन थालेको छ । सुरक्षा संबेनशील क्षेत्रको पहिचान गर्दै त्यस क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिएको बाँके प्रहरीले जनाएको छ ।

दसैंलाई लक्षित गरि प्रहरीले शहरको विभिन्न ठाउंको अवलोकन गर्न ड्रोन क्यामेरा प्रयोगमा ल्याएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिए । उनका अनुसार दसैं लक्षित गरेर ड्रोनबाट गस्ती समेत शुरु गरिएको छ । ड्रोनको प्रयोगले प्रहरीको भौतिक उपस्थिती हुन नसकेको स्थानको समेत निगरानी गर्न सकिने प्रहरीको दाबी छ ।

वडा प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहनेगरि नेपालगन्जको सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन परिचालन गरेको हो ।

शनिबार मात्र जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व सुरक्षाको रणनितीक योजना सार्वजनिक गर्दै नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यका लागि नेपाल प्रहरीका १ हजार १३ जना र सशस्त्र तर्फ ४ सय ९५ जना गरि कुल १ हजार ५०८ सुरक्षाकर्मी खटाईने जनाएको थियो । जिल्ला सुरक्षा समितिले बाँकेको ३१ स्थानलाई संवेदनशील ठहर गर्दै विशेष सुरक्षा योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : ४४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन