२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपालगन्जको सुरक्षा निगरानी ड्रोन क्यामेराबाट



नेपालगन्ज । चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन बाँके प्रहरीले नेपालगन्ज उपमहानगरमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन थालेको छ । सुरक्षा संबेनशील क्षेत्रको पहिचान गर्दै त्यस क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिएको बाँके प्रहरीले जनाएको छ ।

दसैंलाई लक्षित गरि प्रहरीले शहरको विभिन्न ठाउंको अवलोकन गर्न ड्रोन क्यामेरा प्रयोगमा ल्याएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिए । उनका अनुसार दसैं लक्षित गरेर ड्रोनबाट गस्ती समेत शुरु गरिएको छ । ड्रोनको प्रयोगले प्रहरीको भौतिक उपस्थिती हुन नसकेको स्थानको समेत निगरानी गर्न सकिने प्रहरीको दाबी छ ।

वडा प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहनेगरि नेपालगन्जको सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन परिचालन गरेको हो ।

शनिबार मात्र जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व सुरक्षाको रणनितीक योजना सार्वजनिक गर्दै नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यका लागि नेपाल प्रहरीका १ हजार १३ जना र सशस्त्र तर्फ ४ सय ९५ जना गरि कुल १ हजार ५०८ सुरक्षाकर्मी खटाईने जनाएको थियो । जिल्ला सुरक्षा समितिले बाँकेको ३१ स्थानलाई संवेदनशील ठहर गर्दै विशेष सुरक्षा योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : ४४ बजे

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु