१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘कुछी भ्वय्’ खाएर महाअष्टमी मनाइँदै नेवार समुदाय



काठमाडौं । मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत्रुपमा दसैँको मासु भित्र्याएर कुछी भ्वय् खाई महाअष्टमी पर्व मनाउँदै छन् । बडादसैँलाई महोनी नखःकारुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछी भ्वय खाएर पर्व मनाइन्छ ।

विशेष गरी अष्टमीलाई कुछि भ्वय्, नवमीलाई स्याक्वट्याक्व नखः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखः मनाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछी भ्वय् खाँदै मोहनी नखःको भोजको सुरुआत गर्दछन् । कुछी भ्वय् खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलनसमेत छ ।

वर्षभरि मनाइने चाडपर्वमध्ये मोहनी नखः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेसमेत घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु पनि एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखः मनाउने गर्दछ ।

विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछी भ्वय्को विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजको भन्दाभिन्न प्रकारको हुन्छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला (पोलेको मासु) पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका ससाना दुईथरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए । कुछी भ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ ।

कुछी भ्वय् खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको धौभडेलले बताए । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको धौभडेलले बताए । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाईन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने विश्वास रहेको छ ।

आफन्तको मृत्यु भएर जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।

नेवार समुदायमा कुछि भ्वय्का सन्दर्भमा दुई भनाई प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछीको अर्थ दुई माना हो भने भ्वय्को अर्थ भोज हो । दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्कोथरी संस्कृतीकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंश भएर कुछी भ्वय हुन गएको भनाइ छ ।

महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १० : ०४ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र