२३ श्रावण २०८३, शनिबार | August 9, 2026

त्रिकोणात्मक टी-२० सिरिज : चौथो खेलमा यूएईसँग भिड्दै नेपाल, तीन परिवर्तनको सम्भावना



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको प्रतिस्पर्धा शनिबार बिहान ११ बजेदेखि माथिल्लो मूलपानी ग्राउन्डमा सुरु हुनेछ ।

श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकाल्यो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो । जितमा ह्याट्रिक गर्नेक्रममा नेपालले शनिबार हङकङविरुद्ध ७९ रनको सानदार जित हात पार्‍यो ।

सो खेलमा पहिला ब्याटिङ गर्दै नेपालले २ सय १३ रन बनायो । जसमा युवा अलराउन्डर कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक ९२ रन बनाए । नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । चौथो खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

नेपालले यूएईविरुद्ध अलराउन्डर गुलशन झा, विकेटकिपर आसिफ शेख र स्पिनर ललित राजवंशीलाई विश्राम दिएर विवेक यादव, लोकेश बम र सागर ढकाललाई मौका दिने सम्भावना रहेको हो । टिम फाइनल पुगिसकेकाले नेपालले अन्तिम खेलमा अघिल्लो म्याचमा मौका नपाएका खेलाडीहरूलाई अवसर दिनसक्छ ।

त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी-२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

दुवै समूहका शीर्ष दुईरदुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्ने दुई टोलीले आउँदो वर्ष अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने टी-२० विश्वकपको यात्रा गर्नेछन् ।

यसपटक नेपाललाई विश्वकपमा पुग्ने सुनौलो मौका छ । छनोट प्रतियोगिता घरेलु मैदानमा हुनु र खेलाडी लयमा रहेकाले नेपालले विश्वकपमा स्थान बनाउने सम्भावना उच्च रहेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : ०१ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी