१६ बैशाख २०८१, आइतबार | April 29, 2024

अपरिवर्तनीय चीन–नेपाल मैत्रीसम्बन्ध सगरमाथा भन्दा अग्लो छ


७ कार्तिक २०८०, मंगलबार  

273
Shares

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढ्नुभएको हवाईजहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उहाँको यस पटकको चीन भ्रमणले पूर्णता प्राप्त ग-यो । उहाँको यस पटकको चीन भ्रमणले दुई देशबिचको मैत्रीलाई सगरमाथाभन्दा अग्लो नयाँ उचाइमा पु¥यायो । अहिलेको अस्थिर र अशान्त विश्वमा चीन–नेपालको जस्तो अपरिवर्तनीय मैत्री अति दुर्लभ भएको छ । यसको अझ बढी जगेर्ना गर्नु पर्दछ ।

कोभिड–१९ को महामारीपछि चीन–नेपालबिच भएको यो सबैभन्दा महत्वपूर्ण उच्चस्तरीय भेटघाट कार्यक्रमलाई चीन पक्षले उच्च महìव दिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको हाङ्ग जौ सहरको सी हु तालको किनारमा प्रधानमन्त्री प्रचण्डसँग आत्मीय भेटवार्ता गर्नुभएको थियो । त्यस्तै चिनियाँ प्रधानमन्त्री ली छी याङ्ले बेइजिङको तियान आन मन स्क्वायरमा भव्य स्वागत कार्यक्रम आयोजना गर्नुभई प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष जौ ल छीले पनि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

आठ दिने चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्ड पाँच वटा प्रान्तमा पुग्नुभयो । यसबिच उहाँ हाङ्ग जौ एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुनुभयो । उहाँले ह्वा वेईको नवीनतम विज्ञान प्रविधि प्रदर्शनी र छोङ्ग छिङ्ग आधुनिक कृषि व्यवस्थाको अवलोकन गर्नुभयो र छोङ्ग छिङ्ग, तिब्बत र छुवान्काका आर्थिक–सामाजिक विकासका योजनाबारे जानकारी प्राप्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले चीनको द्रुतगतिको विकासको आफैँले अनुभव गर्नुभएको मात्र होइन, चीन–नेपालबिच रहँदै आएको युगौँको मैत्रीका कथालाई चीन र नेपाल पुनर्नवीकरण गरी सुनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको यस पटकको चीन भ्रमण दुई देशबिचको विकास तथा समृद्धितर्फ अघि बढ्ने युगौँको मैत्रीपूर्ण रणनीतिक सहकार्य सहकर्मी सम्बन्धको विकासमा महत्वपूर्ण अर्थ राख्दछ । चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ताको बेलामा प्रधानमन्त्री प्रचण्डले नेपालको एक चीन नीति पुनः दोहो¥याउनु भई कुनै हालतमा पनि चीन विरोधी क्रियाकलापका लागि नेपाली भूमि प्रयोग हुन नदिने दृढता व्यक्त गर्नुभएको थियो । राष्ट्रपति सीले चीन नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरित हुनका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नेपालको आर्थिक, सामाजिक विकासका लागि चीनले सक्दो सहयोग प्रदान गर्ने पनि वाचा गर्नुभयो । चिनियाँ प्रधानमन्त्री ली छी याङ्ग र नेपाली प्रधानमन्त्री प्रचण्डको रोहवरमा व्यापार, कृषि, विज्ञान, संस्कृति, प्रविधि, प्रकाशन, डिजिटल, अर्थ, व्यवसाय, हरित विकास, रोग परीक्षण र क्वारेन्टाइन सहयोग आदि दस वटाभन्दा बढी द्विपक्षीय सहयोगका सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । दुई देशको विस्तृत संयुक्त विज्ञप्ति प्रकाशित भएको छ । यसले दुई देशबिच विभिन्न स्तरका आदानप्रदान र आपसी हितका सहकार्यका लागि दिशा निर्देश गरेको छ ।

यस पटकको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले बिआरआईको संयुक्त रूपमा उच्च गुणस्तरको निर्माण र चीन–नेपाल हिमाल वारिपारिको त्रिआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणका लागि विशाल ऊर्जा थपेको छ । दुई देशबिच जनवादी गणतन्त्र चीन सरकार र नेपाल सरकारको बिआरआई निर्माणलाई संयुक्त रूपमा अघि बढाउनेबारे सहयोग योजना र विभिन्न क्षेत्रमा ‘कनेक्टिभिटी’ बढाउने विषयमा सम्झौता भएको छ । लीच नेचुङ् नाका सफलतापूर्वक खुला गरिएको छ, चाङ्मु खासा नाका पनि मालसामान ढुवानीका लागि पुनः खोलिएको छ ।

फु लान र केरुङ नाकाहरू मालसामान ढुवानी र यात्रु सीमा वारपार गर्नका लागि खुला गरिएपछि सुचारु रूपमा सञ्चालन भइरहेका छन् । परम्परागत सीमा व्यापार छिटै पुनः प्रारम्भ हुँदै छ, ट्रान्जिट यातायात र चिनियाँ राजमार्गहरूको प्रयोग गरी मालसामान ढुवानी गर्ने कार्य पनि भइरहेको छ । अरनिको राजमार्गको चौथो चरणको मर्मत सम्भार परियोजना, स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको मर्मत कार्य, टोखा–छहरे सुरुङ परियोजनाको सम्भाव्यता अध्ययन, काठमाडौँ चक्रपथको दोस्रो चरणको स्तरोन्नति, चीन–नेपाल सीमा वारिपारिको रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन आदि उल्लेखनीय उपलब्धि भएका छन् ।

वायुसेवा उडान अधिकारको विस्तार, जलविद्युत्को विकास आदि विषयमा पनि दुई पक्षबिच समझदारी भएको छ र चीनले उपलब्ध गराएको रकमबाट बिआरआई खाका अन्तर्गतको कर्णाली प्रदेशको करिडोर निर्माणको पहिलो चरणको हिल्सा–सिमिकोट मार्ग निर्माण र सीमा वारिपारिको विद्युतीय ग्रिड निर्माण आदि नयाँ परियोजनाहरूको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसरी हिमालय पर्वत शृङ्खला नेपालको विकासका लागि एक वरदान बन्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डको यस भ्रमणले चीन–नेपाल सहकार्य सहयोगको क्षेत्र विस्तारका लागि र नेपालको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण निर्देशनहरू दिएको छ । चीन–नेपाल औद्योगिक वाणिज्य फोरम, चीन–नेपाल सुचारु व्यापार कार्यटोलीको दोस्रो बैठक चीनको राजधानी बेइजिङमा आयोजना गरिएको थियो । दुवै पक्षले दुई देशका उद्योगहरूले एकअर्काको देशमा गई लगानी व्यवसाय गर्दा समान, पारदर्शी र विभेदरहित व्यापारिक वातावरण उपलब्ध गराउने वाचा गरेको थियो ।

चीन–नेपाल ट्रान्जिट यातायात सम्झौता अनुरूप चीन भएर आयात गरिएको पहिलो समूहको मालसामान सफलतापूर्वक नेपाल आइपुगिसकेको छ । नेपालको सुकाइएको हरियो घाँस सफलतापूर्वक चीनमा निर्यात गरिएको छ । नेपालमा उत्पादित वनस्पतिजन्य चिनियाँ परम्परागत औषधी चीनमा निर्यात गर्दा आवश्यक पर्ने परीक्षण र क्वारेन्टाइनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपालको आयव्यय सन्तुलनमा सुधार ल्याउनका लागि सहयोग पुग्ने छ । चीन–नेपाल मैत्री औद्योगिक पार्क, कृषि उत्पादन प्रयोगात्मक प्रदर्शन पार्क आदिले उल्लेखनीय प्रगति गरेको छ ।

याक र च्याङ्ग्राको नस्ल सुधार, छनोट र स्तरीकरण, ठुलो सङ्ख्याको पशुपालन व्यवस्थापनसम्बन्धी सहकार्यमा विस्तार भएको छ । दुवै पक्षबिच गरिबी निवारण, विकास, जनजीवनमा सुधार, ग्रामीण उन्नति स्वास्थ्य तथा चिकित्सा, कानुन लागु गर्ने आदि विषय क्षेत्रहरूमा सहकार्य तथा शिक्षा क्षेत्रको सहकार्यको सम्झौता भएको छ । चीन पक्षले नेपालको पर्यटन विकास र प्रचारप्रसारका लागि सहयोग र समर्थन गर्ने छ । चीनमा २०२५ साललाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गर्न पनि सहमति जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डको यस भ्रमणले क्षेत्रीय स्थिरताका लागि थप टेवा पु¥याएको छ । चिनियाँ राष्ट्रपति सीले प्रस्तुत गर्नुभएको महत्वपूर्ण प्रस्तावनाहरूलाई नेपालले पूर्ण समर्थन जनाएको छ । दुई देशले मानव जातिको साझा भाग्यको समष्टि निर्माण गर्ने घोषणा गरेका छन् र वास्तविक बहुलवादमा अडिग रहने कुरामा एकमत छन् । वैश्विक सुशासन व्यवस्थालाई सत्य, न्यायपूर्ण तथा उचित दिशातर्फ अघि बढ्ने बनाएका छन् ।

दुवै पक्षले संयुक्त राष्ट्रसङ्घ आदि बहुदेशीय संयन्त्रभित्र सहकार्य बढाउनुपर्ने कुरामा सहमति जनाएका छन् र विकासशील देशहरूको साझा हितको रक्षा गर्नुपर्ने कुरामा जोड दिएका छन् । दुवै पक्ष बहुदेशीय व्यापारिक प्रणालीको समर्थन गर्दछन्, आर्थिक सुरक्षावादको विरोध गर्दछन् र संयुक्त रूपमा आर्थिक भूमण्डलीकरणलाई खुला, समावेशी, लोकोपकारी, सन्तुलित, सबै पक्षको जित हुने दिशातर्फ विकास गर्ने, वैश्विक र क्षेत्रीय शान्ति, सुरक्षा, विकास र समृद्धिको प्रवर्धन गर्ने कुराको समर्थन गर्दछन् ।

सन् १२६० मा नेपालका महान् कलाकार अरनिकोले चीनमा गई त्यहाँ धेरै वटा बौद्ध विहार र बौद्ध चैत्यहरू निर्माण गरेका थिए, तीमध्ये अहिलेसम्म ८०० वर्ष पुरानो श्वेत चैत्य बेइजिङको महìवपूर्ण स्मारक बनिसकेको छ । त्यो चीन–नेपालबिचको हजार वर्ष पुरानो मैत्रीको एक ठोस प्रमाण हो । प्रधानमन्त्री प्रचण्डको यस पटकको भ्रमण दुई देशबिचको मैत्रीको निरन्तरता हो र भविष्यमा दुई देशबीच हुने गहन सहकार्यको प्रारम्भ बिन्दु पनि हो ।

चीन पक्ष नेपाल पक्षसँग हातमा हात मिलाई राष्ट्रपति सीले नेपालको राजकीय भ्रमण गर्नुहुँदा भएका महìवपूर्ण उपलब्धिहरू प्रधानमन्त्री प्रचण्डले यस पटक चीन भ्रमण गर्नुहुँदा भएका समझदारीहरूलाई साकार बनाउन उच्च गुणस्तरमा बिआरआईको संयुक्त निर्माण गर्न, हिमाल वारिपारिको त्रिआयमिक ‘कनेक्टिभिटी’ सञ्जाल निर्माणलाई द्रुत बनाउन, अझ घनिष्ठ चीन–नेपाल भाग्यको समष्टिको निर्माण गरी दुई देश र त्यहाँका साझा जनतालाई हित पु-याउन चाहन्छ ।

नेपालका लागि चीनका राजदूतको यो लेख गोरखापत्र अनलाइनमा प्रकाशित भएको थियो 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : २६ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क