२० असार २०८३, शनिबार | July 4, 2026

खःमेय बध गरी जात्रा सम्पन्न, ब्रह्मायणी जात्रा सुरु



भक्तपुर । नवरात्रिको नवौँ दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ ।

धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याई भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्णमा बाधेर राख्ने र नवमीका दिन उक्त राँगोलाई राति नवदुर्गा मन्दिरबाट दौडाएर नगर परिक्रमा गराउँदै ब्रह्मायणी मन्दिर पु¥याएर बध गरिएको हो ।

महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेयको बध गरी जात्रा मनाउने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके रत्न बनमालाले बताए ।

खःमेय् अर्थात् राँगोलाई हिजो साँझ तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभर अबीर दलेर स्थानीयवासीले नवदुर्गा द्यो छेँ (देवगृह) बाट लखेट्दै दत्तात्रय, च्याम्हसिंह हुदै ब्रह्मायणी मन्दिरमा पु¥याई देवीलाई चढाएर जात्रा मनाएका हुन् ।

महानवमीको दिन राति नवदुर्गा देवगणलाई खःमयेको रगत चढाई देवगण सिद्ध गरी आज विजयादशमीको दिन तलेजुको पायो (खड्ग) जात्रा गरी खम्येको टाउकोलाई नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।

तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय्को बध गरिएको हो । बध गरिएको खःमेय् (राँगो)को एक टुक्रा मासु लिन मध्यराती ब्रह्मायणी मन्दिरमा हजारौँको भीड लागेको थियो ।

सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई लक्ष्मीपूजाका दिन बालेमा भूतप्रेत नलाग्ने, शत्रु नाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेको छ ।

ब्रह्मायणी जात्रा सुरु, बिहानैदेखि हजारौँको भीड :

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै हजारौ दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा पुजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

आजका दिन व्रत बसेका व्यक्ति बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने प्रचलन रहेको छ । शरीरमा दीप बालेर र नमस्कार गर्दै घरदेखि मन्दिरसम्म शरीर नापेर जानेको लस्कर लागेको छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा आज दिनभरि नै भव्य मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ८ : २२ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली