४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा ८ गते बुधबार एकदिनका लागि मदिरामाथि पूर्ण प्रतिबन्ध



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले एकदिनका लागि बाँके जिल्लामा मदिरा बिक्रीवितरण, सेवन तथा ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । दुर्गा भवानीको मूर्ती विसर्जनका दिन जिल्लाभरि मदिरा विक्री वितरण , सेवन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार एक सूचना जारी गर्दै बडा दसैँको भोलिपल्ट बुधवार दुर्गा मूर्ती विसर्जनका लागि निस्कने ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन सो दिन बिहान ८ बजेदेखि राती १२ बजेसम्म जिल्लाभरि मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी एक दिनका लागि पूर्ण रूपमा मदिराको सेवन, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचनामा जारी आदेशको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल समेत गरिएको छ ।

सूचनाको बर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ । बाँकेमा बडा दसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ती पवित्र जलकुण्ड÷नदी घाटहरूमा विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैँको भोलिपल्ट अर्थात् बुधवार गरिने दुर्गा मूर्ती विसर्जनका लागि यसअघि नै सूचना जारी गर्दै समयसीमा निर्धारण गरिसकेको छ ।

दुर्गा भवानीको मूर्ती विसर्जन र्याली मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन साँझ ५ बजे अघि नै मूर्ती विसर्जन कार्य सम्पन्न गर्न दुर्गापुजा समितिहरु सहित भक्तजनहरुलाई अनुरोध गरिएको प्रमुख जिल्ल अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १ : ०५ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा