२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेमा ८ गते बुधबार एकदिनका लागि मदिरामाथि पूर्ण प्रतिबन्ध



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले एकदिनका लागि बाँके जिल्लामा मदिरा बिक्रीवितरण, सेवन तथा ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । दुर्गा भवानीको मूर्ती विसर्जनका दिन जिल्लाभरि मदिरा विक्री वितरण , सेवन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार एक सूचना जारी गर्दै बडा दसैँको भोलिपल्ट बुधवार दुर्गा मूर्ती विसर्जनका लागि निस्कने ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन सो दिन बिहान ८ बजेदेखि राती १२ बजेसम्म जिल्लाभरि मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी एक दिनका लागि पूर्ण रूपमा मदिराको सेवन, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचनामा जारी आदेशको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल समेत गरिएको छ ।

सूचनाको बर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ । बाँकेमा बडा दसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ती पवित्र जलकुण्ड÷नदी घाटहरूमा विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैँको भोलिपल्ट अर्थात् बुधवार गरिने दुर्गा मूर्ती विसर्जनका लागि यसअघि नै सूचना जारी गर्दै समयसीमा निर्धारण गरिसकेको छ ।

दुर्गा भवानीको मूर्ती विसर्जन र्याली मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन साँझ ५ बजे अघि नै मूर्ती विसर्जन कार्य सम्पन्न गर्न दुर्गापुजा समितिहरु सहित भक्तजनहरुलाई अनुरोध गरिएको प्रमुख जिल्ल अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १ : ०५ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले