१६ मंसिर २०८०, शनिबार | December 2, 2023

अमेरिका जन्मेकी नातिनीको नेपालबाट अनलाईन न्वारान



पाल्पा । बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा पाल्पा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन् । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए ।

“काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा १”, घिमिरेले भनिन्, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर, न्वारान भने गाउँबाटै अनलाइनमार्फत भयो ।

अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी भए । आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकी भेला भएका थिए ।

सनातन हिन्दू परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताए । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ ।

न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिन्छन् । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उनले भने ।

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाइन् । उनले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताइन् ।

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राखे । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उनले भने ।

तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाइन् । “बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ । गर्व महसुस गरेँ”, उनले भनिन् । नामकरण गर्दा पुरोहितले भने झैँ आफै कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाए ।

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ ।

शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गरे । अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ३ : ३९ बजे

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको