४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज बाँकेमा मदिरा बिक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध



नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आज मदिरा बिक्रीवितरण, सेवन तथा ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । दुर्गा भवानीको मूर्ती विसर्जनका दिन जिल्लाभरि मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार एक सूचना जारी गर्दै बडादशैँको भोलिपल्ट आज (बुधबार) दुर्गा मूर्ती विसर्जनका लागि निस्कने ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन सो दिन बिहान ८ बजेदेखि राती १२ बजेसम्म जिल्लाभरि मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी एक दिनका लागि पूर्ण रूपमा मदिराको सेवन, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । सूचनामा जारी आदेशको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल समेत गरिएको छ ।

सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँकेमा बडादसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ३६ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म