१६ असार २०८३, मंगलबार | June 30, 2026

सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन



मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसवर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यसवर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।

विगत वर्षको मार्गमा दुर्गाजीको मूर्ति घुमाउन सुरक्षाकर्मीले दिएनन् । यसमा आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए। यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झड्प भई कफ्र्यु आदेश नै जारी गर्नुपरेको थियो ।

मार्गबारे विवाद भएपछि मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विर्सजन गर्न सर्वसधारण नआएर ढिलाई भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पङ्कज कर्णले जानकारी दिए। मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ३ : २१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै