१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अमेरिकाको लेविस्टन शहरमा बन्दुकधारीको अन्धधुन्ध हमलामा कम्तीमा २२ जनाको मृत्यु



अमेरिकी राज्य माइनको लेविस्टन शहरमा एक बन्दुकधारीले कम्तीमा २२ जनाको हत्या गरेको छ। आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन् ।

प्रहरीले यस मामिलामा ४० वर्षीय रोबर्ट कार्डको खोजी गरिरहेको छ । हमलाकारीले बोकेको हतियार खतरनाक भएको प्रहरीले जनाएको छ । बन्दुकधारी अहिले पनि खुलेआम घुमफिर गरिरहेको प्रहरीले जनाएको छ ।

लेविस्टन माइन राज्यको दोस्रो ठूलो शहर हो। पोर्टल्याण्डबाट ३५ किलोमिटरको दुरीमा रहेको यस सहरको जनसंख्या करिब ३८ हजार छ।

प्रहरीले ूधेरै स्थानमाू आक्रमणको अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीले संदिग्ध हमलाकारीको तस्वीर पनि जारी गरेको छ । सहरका मानिसहरूलाई अहिले जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई घटनाबारे सम्पूर्ण मामिलाबारे जानकारी दिइएको छ र उनलाई घटनाको बारेमा निरन्तर अपडेट पनि दिइएको छ ।

माइन राज्यको केन्द्रीय मेडिकल सेन्टरले सामुहिक गोलीबारीको घटनामा धेरै जना हताहत भएको बताएको छ ।

घाइतेको उपचारका लागि सहरका अन्य अस्पतालसँग समन्वय भइरहेको चिकित्सा केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : ५३ बजे

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम