६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अमेरिकाको लेविस्टन शहरमा बन्दुकधारीको अन्धधुन्ध हमलामा कम्तीमा २२ जनाको मृत्यु



अमेरिकी राज्य माइनको लेविस्टन शहरमा एक बन्दुकधारीले कम्तीमा २२ जनाको हत्या गरेको छ। आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन् ।

प्रहरीले यस मामिलामा ४० वर्षीय रोबर्ट कार्डको खोजी गरिरहेको छ । हमलाकारीले बोकेको हतियार खतरनाक भएको प्रहरीले जनाएको छ । बन्दुकधारी अहिले पनि खुलेआम घुमफिर गरिरहेको प्रहरीले जनाएको छ ।

लेविस्टन माइन राज्यको दोस्रो ठूलो शहर हो। पोर्टल्याण्डबाट ३५ किलोमिटरको दुरीमा रहेको यस सहरको जनसंख्या करिब ३८ हजार छ।

प्रहरीले ूधेरै स्थानमाू आक्रमणको अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीले संदिग्ध हमलाकारीको तस्वीर पनि जारी गरेको छ । सहरका मानिसहरूलाई अहिले जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई घटनाबारे सम्पूर्ण मामिलाबारे जानकारी दिइएको छ र उनलाई घटनाको बारेमा निरन्तर अपडेट पनि दिइएको छ ।

माइन राज्यको केन्द्रीय मेडिकल सेन्टरले सामुहिक गोलीबारीको घटनामा धेरै जना हताहत भएको बताएको छ ।

घाइतेको उपचारका लागि सहरका अन्य अस्पतालसँग समन्वय भइरहेको चिकित्सा केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : ५३ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्