२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : डा कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् ।
विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए । उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको बताए ।
केन्द्रीय सदस्य डा कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले भने, “अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई नेपाली कांग्रेसले संरक्षणसहित अवसर पनि दिन्छ ।”

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ८ : २४ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको