१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

ढोग नगरेको भन्दै कुटपिट गरेर हत्या गर्ने दुबैजना पक्राउ



सल्यान। ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गरेर हत्या गर्ने २ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा सल्यान बागचौर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कुटपिटका नाइके केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भनेको र ढोग्न नमानेपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । दुबैजनाले घनश्यामको टाउको र‌ शरीरको विभिन्न भागका मरणासन्न हुने गरी घाइते बनाएर त्यहीँ छोडेर भागेका थिए‌।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैँको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगन्ज हुँदै भारतमा लगेका थिए ।

प्रहरी प्रमुख नवीन कार्कीले घाइते घनश्यामको लखनउ लैजाँदै गर्दा भारतको नानपारामा बुधबार बिहान मृत्यु भएको बताए । घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका -९, मौरीघारे परिलेखका लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए ।

यस्तै सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका -१२, रझेनामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ।

दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कशुर मुद्दामा पक्राउ पुर्जी लिई इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक कार्की बताए। उनका अनुसार घटना भएको दिन केशर र सन्तोषले मादक पदार्थ सेवन गरेको पनि‌ अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : ४३ बजे

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

तनहुँ । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौं । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६