२ पुस २०८२, बुधबार | December 18, 2025

कर्मचारी र संघसंस्थाबाट अख्तियारको कर्मचारी बनेर सुबिधा लिने कोईराला प्रहरीको फन्दामा



नेपालगन्ज । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै बिभिन्न संघ संस्थाबाट सुबिधा लिने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफु लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै सुविधा लिने चितवनका मोहन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी तथा संघ संस्थाहरुमा अख्तियारको कर्मचारीको नाममा सुबिधा लिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं.२ घर भई बाँके नेपालगन्ज उप(महानगरपालिका वडा नं.२० राँझामा डेरालिई वस्ने गरेका ३७ वर्षीय मोहन कोईरालालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

पक्राउ परेका कोईरालालाई सोधपुछ गर्ने क्रममा उनले अख्तियारका कर्मचारी तथा प्रहरी टोलीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेको डीएसपी डाँगीले बताए ।

कोईरालालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । कोईरालाबाट कोही कसै ठगिन गएको भए वा उनले कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भए प्रहरीमा उजुरी दिन समेत बाँके प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ०४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल