२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कर्मचारी र संघसंस्थाबाट अख्तियारको कर्मचारी बनेर सुबिधा लिने कोईराला प्रहरीको फन्दामा



नेपालगन्ज । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै बिभिन्न संघ संस्थाबाट सुबिधा लिने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफु लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै सुविधा लिने चितवनका मोहन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी तथा संघ संस्थाहरुमा अख्तियारको कर्मचारीको नाममा सुबिधा लिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं.२ घर भई बाँके नेपालगन्ज उप(महानगरपालिका वडा नं.२० राँझामा डेरालिई वस्ने गरेका ३७ वर्षीय मोहन कोईरालालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

पक्राउ परेका कोईरालालाई सोधपुछ गर्ने क्रममा उनले अख्तियारका कर्मचारी तथा प्रहरी टोलीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेको डीएसपी डाँगीले बताए ।

कोईरालालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । कोईरालाबाट कोही कसै ठगिन गएको भए वा उनले कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भए प्रहरीमा उजुरी दिन समेत बाँके प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ०४ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर