२५ श्रावण २०८३, सोमबार | August 10, 2026

संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित

युद्ध रोक्ने पक्षमा नेपालको मत



न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ । प्रस्ताव पारित भएसँगै राष्ट्रसंघले शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरेको छ ।

राष्ट्रसंघले गरेको प्रस्तावको पक्षमा नेपाल सहित १२० देशहरुले प्रस्तावको पक्षमा मत जाहेर गरेका छन् भने विपक्षमा १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देशले मतदान गरेनन् । युद्धमा संलग्न इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

इजरायलले युद्धलाई आफ्नो रक्षाका लागि प्रतिरक्षा मात्र गरेको दाबी गरेको छ । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उल्लेख गर्दै यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु भएको जनाएका छन् । उनले हमास पूर्ण रूपमा समाप्त भएपछि मात्र इजरायलको रक्षा हुने समेत बताएका छन् ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।

इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : २६ बजे

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा